NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठमा

काठमाडौं । बदलिंदो राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । सर्वोच्च अदालतले एमाले र माओवादीलाई ब्युँत्याइदिएपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न प्रचण्ड देउवा निवास पुगेर छलफल गरेका हुन् । उनीहरुबीच सम्भावित सत्ता समीकरणबारे कुराकानी भएको बुझिएको छ । पेरिसडाँडामा माओवादीको स्थायी कमिटीको बैठकले बदलिंदो राजनीतिक परिस्थितिपछि कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो । माओवादीले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिए उनले विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत प्राप्त नगरे नयाँ सरकारको लागि बहुमत जुटाउन एमाले, कांग्रेस, माओवादी र जसपाबीच गठबन्धनको प्रयास हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष