रोयल मर्चेन्ट बैंकिङ लिमिटेडमा भ्रष्टाचार : संचालकसहित ११ विरुद्ध दुई करोड बिगोको मुद्दा दायर

काठमाडौं । रोयल मर्चेन्ट बैंकिंङ एण्ड फाइनान्स लिमिटेडका संचालकसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रतिवादीविरुद्ध आयोगले दुई करोड एक लाख ९४ हजार रुपैयाँ बिगो दावी गर्दै मुद्दा दायर गरेको हो । कम्पनीमा सरकार अन्तर्गतको नागरिक लगानी कोषसमेतको लगानी थियो । उक्त कम्पनीसमेत मर्ज भएर एपेक्स डेभलपमेन्ट बैंक लिमिटेड बनेको थियो । उक्त बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसी) मा मर्ज भएको थियो । रोयल मर्चेन्टमा नागरिक लगानी कोषको तर्फबाट छवीरमण अधिकारी सञ्चालकमा नियुक्त भएका थिए । अधिकारी सञ्चालक रहँदा प्रक्रियाविपरित कर्जा प्रभाव भएको थियो । कम्पनीका सञ्चालकहरू अधिकारीसहित बसन्त मल्ल, मधुवन लाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यले प्रक्रियाविपरित कर्जा प्रवाह गर्ने निर्णय गरेका थिए । कर्जा काठमाडौंको दरवारमार्ग शाखाबाट प्रवाह भएको थियो । न्यूनतम मापदण्डसमेत नअपनाइ, प्रक्रिया विपरित, अनियमित र लापरवाही ढंगबाट ठूलो मात्रामा कर्जा भएको प्रवाह भएको आयोगको ठहर छ । यसरी कर्जा प्रवाह हुँदा दुई करोड एक लाख ९४ हजार भ्रष्टाचार भएको आयोगको दावी छ । भ्रष्टाचार भएको उक्त रकमलाई नै बिगो कायम गरी आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उक्त बिगो एनसिसी बैंकबाटै भराउनुपर्ने आयोगले अभियोगपत्रमा उल्लेख गरेको छ । आयोगले गणपति कन्सल्टेन्सी प्रालिका इन्जिनियर राजु पोखरेल, साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका प्रवन्धक विकास श्रेष्ठ, सहायक महाप्रबन्धक प्रदीप बहादुर कर्माचार्य लगायत विरुद्ध मुद्दा दायर गरिएको छ । त्यस्तै, ऋणीहरू रविन लामा, वसन्त मल्ल, मधुवन लाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता वादे, छविरमण अधिकारी, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यलाई पनि प्रतिवादी वनाएर मुद्दा दायर गरिएको छ । विकास श्रेष्ठ र प्रदीप बहादुर कर्माचार्यलाई भने मतियारको रुपमा आधा सजाय मागदावी गरिएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया