प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपीएफलाई

काठमाडौं । नेपालगञ्जमा सम्पन्न सातौँ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले हात पारेको छ । साविकको विजेता पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । उपाधि जितेसँगै एपीएफले रु पाँच लाख पुरस्कार पाएको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टी.एस. ठकुरीले जानकारी दिए । उनका अनुसार एपीएफ र पुलिस तीन/तीन खेल जित्दै फाइनलमा पुगेका थिए । फाइनलमा एपीएफले पुलिसलाई २५–२२, २५–२१ र २५–१९ ले पराजित गर्यो । दोस्रो भएको पुलिसले रु. दुई लाख हात पारेको छ । यसैगरी न्यू डायमण्डले लुम्बिनी युनाइटेडलाई २५–१६, २५–११ र २५–१३ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । तुलनात्मक रुपमा कमजोर रहेको लुम्बिनी विरुद्ध न्यू डायमण्डले दोस्रो रोजाईंका खेलाडीलाई उतारेको थियो । न्यू डायमण्डले रु एक लाख पुरस्कार हात पारेको छ । प्रतियोगितामा चौथो भएको त्रिभुवन आर्मी क्लबले रु ५० हजार पुरस्कार पाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरीले रु २५ हजार पुरस्कार प्राप्त गरेकी छन् । प्रतियोगिताका विजयी टीमलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव रमेश सिलवाल, प्रदेश सांसद कृष्णा केसी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशमशेर राणा, राखेपका सदस्य सुमित्रा चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए । फाइल तस्बिर
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया