चिनियाँ बजार विस्तार विश्वका लागि अवसर : विदेशमन्त्री वाङ

काठमाडौं । सरकारी कार्यहरूको समीक्षा प्रतिवेदनमा स्वदेशी आवश्यकता विस्तार गर्ने रणनीतिलाई चीनले फेरि एक पटक महत्व दिएको छ । चिनियाँ विदेशमन्त्रीले वाङ यीले सञ्चारकर्मीहरूसँग चीनको आर्थिक विकास र अन्तर्रष्ट्रिय बजार विस्तारका कारण विश्वलाई विकासको नयाँ अवसर मिल्ने उनको भनाइ रहेको छ । नयाँ विकास बनौटमा चीनले उत्पादन, वितरण, परिसंचरण, उपभोग परिसंचरण हुनसक्ने गार्हस्थ अर्थतन्त्रको निर्माण गर्ने योजना गरेको उनले बताए । यसले अन्तर्राष्ट्रिय लगानी र व्यापारका लागि सुविधा उपलब्ध गराउने र उद्योग–व्यवसायको लागत घटाउने उनको दाबी थियो । चीनको शक्तिशाली स्वदेशी बजारको निर्माण र खुलापनको विस्तारबीच एकअर्कालाई बढाएको र विगत चालीस वर्षमा चीनले सुधार तथा खुलापनबाट फाइदा प्राप्त गरेको भन्दै संयुक्त राष्ट्रसंघले चीनको प्रसंशा गर्दै आएको छ । चिनियाँ अधिकारीहरूले चीन सरकार र विकास परियोजनामा सधैँ सुधारको अनुकुलता रहेको दावी गर्दै आएका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया