सप्तरीमा पिकअपको ठक्करबाट एकको मृत्यु

सप्तरीमा पिकअपको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । सप्तरीको अग्निसाइर कृष्णसबरण गाउँपालिका–१ जण्डौलमा प्रदेश नं ३–०१–०२४च ४२६९ नम्बरको पिकअपले दिएको ठक्करले सोही ठाउँका २८ वर्षीय दीपक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको पिकअप गाडीले सोही दिशातर्फ जाँदै गरेको पैदलयात्री चौधरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा ल्याइएको छ । प्रहरीले पिकअप गाडी र चालक कपिलवस्तुको बाह्रगंगा नगरपालिका–४ का २४ वर्षीय दीपेन्द्र थापालाई पक्राउ गरेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया