समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण : मन्त्री तुम्बाहाम्फे

काठमाडौं । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री शिवमाया तुम्बाहाम्फेले सहकारीको माध्यमबाट टोल, समाज हुँदै मुलुकलाई समृद्धि बनाउन सकिने बताएकी छिन् । राष्ट्रिय सहकारी महासङ्घले पोखरामा आयोजना गरेको ‘सहकारीमार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक प्रदेशस्तरीय गोष्ठीमा मन्त्री तुम्बाहाम्फेले मुलुकको समृद्धिका लागि सहकारी भूमिका महत्वपूर्ण हुने बताएकी हुन् । उनले सहकारीमा श्रम, शक्ति र पूँजीलाई आर्थिक विकासमा जोडेर अघि बढ्न आग्रह गर्दै आवश्यक परे सहकारी ऐनमा संशोधन गर्न सकिने बताइन् । उनले सहकारीमा महिलाको सङ्ख्या बढी देखिए पनि नीति निर्माण तहमा पुग्न धेरै अवरोध देखिएको बताउँदै महिलालाई अर्थपूर्ण सहभागितामा जोड दिएर सामाजिक रुपान्तरणमा समान सहभागिताको उदाहरण देखाउन पनि आग्रह गरिन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले सहकारीले आर्थिक क्षेत्रमा योगदान पुर्याएको जनाउँदै अझै महिला र युवाको सहभागिता बढाउन आवश्यक रहेकामा जोड दिइन् । प्रतिनिधिसभाकी अर्की सदस्य मनकुमारी जिसीले सहकारीले उत्पादनमुखी क्षेत्रबाट आर्थिक रुपान्तरणमा गतिविधिमा जोड दिनुपर्ने धारणा राखिन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया