डेपुटी गभर्नरमा मिश्र र ढुंगाना, राष्ट्र बैंकको उच्च तहमा पुग्ने पहिलो महिला बनिन् निलम

सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगानालाई नियुक्त गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नरमा मिश्र र ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो। राष्ट्र बैंकको उपल्लो ओहदामा पुग्ने ढुंगाना पहिलो महिला हुन्। फागुन १८ गतेदेखि तत्कालीन डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको पदावधि सकिएपछि सो पद रिक्त भएको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा नियुक्त गरिएको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया