छापामा आज: सत्ता समीकरणकाे रस्साकस्सी, ओली झन शक्तिशाली

संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने धेरैजसो पत्रपत्रिकाले सत्ता समीकरणमा केन्द्रित रहेर समाचार छापेका छन्। नयाँ पत्रिका दैनिकले ‘सत्ताको सारथि जसपा’ शीर्षकमा मुख्य समाचार छापेको छ। जसमा भनिएको छ, ‘देशको आमूल परिवर्तन गर्ने भनेर झन्डै दुईतिहाइ मत जुटाएका वामपन्थीहरू एउटा पार्टीका रूपमा मात्र होइन, गठबन्धनका रूपमा समेत सहकार्य गर्न नसक्ने अवस्थामा पुगेपछि संसद्को चौथो शक्ति जसपा सत्तासमीकरणको निर्णायक हैसियतमा।’ नयाँ पत्रिकाका अनुसार प्रतिनिधिसभामा ३४ (हाल कायम ३२) सिट रहेको जसपाले सहयोग गरेमा प्रधानमन्त्री केपी ओलीको सरकारलाई सुविधाजनक बहुमत पुग्नेछ । एमालेसँग एक सय २१ मत रहेकाले जसपाले समर्थन गरेमा ओलीसँग एक सय ५३ मत पुग्नेछ । सरकार बनाउन अहिले १३५ मत पर्याप्त हुन्छ । त्यस्तै, ओलीको विकल्पमा सरकार बनाउन कांग्रेस (६१), माओवादी केन्द्र (५३) लाई जसपा (३२) को समर्थन अनिवार्य हुन्छ । यी तीन दलको समीकरणले १४६ मत पु¥याउन सक्छन् । कान्तिपुर दैनिकले ‘नयाँ गठबन्धनको रस्साकसी’ शीर्षकमा मुख्य समाचार छापेको छ। अर्को समीकरण नबनेसम्म माओवादीले समर्थन फिर्ता नलिने र सरकारसँग वार्ता कार्यदल बनेपछि जसपामा कलह भएको’ कान्तिपुरले उल्लेख गरेको छ। अन्नपूर्ण पोस्टले ‘अब सत्ता समीकरण कस्तो ?’ शीर्षमा पहिलो पृष्ठमा समाचार छापेको छ। उसले ‘ओली झन् शक्तिशाली’ शीर्षकमा मुख्य समाचार छापेको छ। समाचारमा भनिएको छ, ‘केपी शर्मा ओलीका ठाउँमा अरू कोही थियो भने सम्भवतस् निकै पहिल्यै प्रधानमन्त्री विशेषण गुमाइसकेको हुन्थ्यो। आफ्नै दलका नेताहरूको घेराबन्दी र सरकारविरुद्ध असहयोगसँग उनी डटेर लडे। र, ढले–ढले–ढले लाग्दालाग्दै पछिल्लो समय झन् शक्तिशाली बनेर उभिएका छन्। त्यो शक्ति राजनीतिक कौशलले मात्र आर्जेको होइन, सरकारको नेतृत्व गर्दा उनले केही ऐतिहासिक उपलब्धिसमेत हासिल गरेका छन्। त्यसले ओलीको राजनीतिक कदसमेत बढाएको छ।’ नागरिक दैनिकले ‘नयाँ गठबन्धन कसरत’ शीर्षकमा समाचार छापेको छ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया