दरबारमा नश्लभेदी व्यवहार भएको बुहारी मेघनको सनसनीपूर्ण खुलासापछि बेलायती राजपरिवारद्वारा दुःख व्यक्त

ब्रिटेनका राजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कलले हालै अमेरिकी टिभी प्रस्तोता ओप्रा विन्फ्रिलाई दिएको अन्तर्वार्ताले यतिबेला विश्वभरका सञ्चारमाध्यममा तहल्का पिटेको छ । उक्त अन्तर्वार्तामा दम्पतीले शाही परिवारका एक सदस्यलाई नश्लभेदी टिप्पणी गरेको आरोप लगाएपछि विषयले गम्भीर रुप लिएको छ । उक्त अन्तर्र्वार्ता प्रशारण भएपछि बकिंघम प्यालेसले ब्रिटेनकी महारानीको तर्फबाट बयान जारी गरेको छ । बयानमा शाही परिवारले पछिल्लो केही वर्ष ह्यारी र मेघनको लागि चुनौतीपूर्ण भएकोमा दुःख व्यक्त गरेको छ ।दुवैले उठाएको नश्लवादको विषय चिन्ताजनक भएको र त्यसलाई गम्भीरतापूर्र्वक लिएको उक्त बयानमा जनाइएको छ । तर यसलाई शाही परिवारले व्यक्तिगत रुपमा छलफल अघि बढाउने जनाएको छ । बकिंघम प्यालेसको बयानमा शाही परिवारका सदस्य ह्यारी, मेघन र उनका छोरा आर्चीलाई सधैं माया गरिने बताइएको छ । ओप्रा विन्फ्रेसँग दिइएको उक्त अन्तर्वार्तामा ह्यारी र मेघनले शाही परिवारको एक सदस्यले उनीहरुका छोरा आर्चीको वर्ण किन यत्ति धेरै कालो भएको भनेर प्रश्न गरेको बताएका थिए ।सोही अन्तर्वार्तामा ह्यारीले उक्त टिप्प्पणी महारानी एलिजावेथ र प्रिन्स फिलिपले नभनेको स्पष्ट पारेका छन् । यद्यपी उनीहरूले उक्त टिप्पणी गर्ने सदस्यको नाम भने खुलाएका छैैनन् । अमेरिकी अभिनेत्री मेघन मार्केल ब्रिटेन राजपरिवारमा ‘मिक्स्ड रेस’ की पहिलो सदस्य हुन् । उनीहरूको यो अन्तर्वार्ता यतिबेला निकै चर्चामा छ । त्यसमा पनि शाही परिवारमा नश्लभेदी आरोप लगाएपछि दबाब झनै बढेको छ । बकिंघम प्यालेसको यो बयान आउनु पहिला शाही परिवारको वरिष्ठ अधिकारीको आपतकालीन बैठक भएको थियो । ओप्रा विन्फ्रीलाई दिएको उक्त अन्तर्वार्तामा नश्लभेदबारे टिप्पणीवाहेक मेघनले त्यहाँ रहँदा आफ्नो मानसिक स्वास्थ्य पनि बिग्रेको बताएकी थिइन् । आफू आत्महत्या गर्ने सोचसम्म पुगेको उनको भनाई छ । योसँगै आफूलाई केट विलियमसँग तुलना गरेर समाचार बनाउने बेलायती मिडियाबारे पनि मेघनले खुलेर कुराकानी गरिन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया