NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

ओलीलाई दिएको समर्थन फिर्ताबारे माओवादी फेरि अनिर्णित

काठमाडौं । माओवादी केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन के गर्ने भन्ने बारेमा अझै अनिर्णित देखिएको छ । संसद बैठक अघि पेरिसडाँडामा स्थायी कमिटीको बैठक बसे पनि कुनै ठोस निर्णय गर्न सकेन । सररकारलाई दिएको समर्थन के गर्नुहुन्छ भन्ने संचारकर्मीको प्रश्नमा नेता नारायणकाजी श्रेष्ठले प्रष्ट जवाफ दिएनन् । प्रतिनिधिसभा विघटन असंवैधानिक भएपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आफूहरुको पुरानै भनाई रहेको उनले बताए । तर, तत्काल ओलीलाई दिएको समर्थनबारे कुनै निर्णय नगरेको उनको भनाई । ‘प्रधानमन्त्रीको कदम असंवैधानिक पुष्टि भइसकेपछि नैतिक रुपले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने विषय हामीले उठाउँदै आएका छौं । पार्टी अलग भइसकेपछि, प्रधानमन्त्रीले राजीनामा दिनु ठीक हो । अरु पार्टीसँग गृहकार्यमा नै हामी छौं’ श्रेष्ठले भने, ‘हामीसँग स्पष्ट दृष्टिकोण के छ भने असंवैधानिक कदम चालिसकेपछि हामीले संघर्ष गर्यौं । पुनस्थापनापछि लोकतन्त्रको अभ्यास अगाडि बढेको छ । यो संसद अर्को दुई वर्ष चल्नुपर्छ । तर, हाम्रा निर्णय सुविचारित ढंगले अघि बढ्छन् । कांग्रेस, जसपासहितका दलसँग छलफल गर्छौ ।’ स्थायी समिति बैठकले संगठनात्मक प्रतिवेदन तयार गर्न वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको कार्यदल पनि गठन गरेको छ । माओवादीमा रहेका नेताहरु एमालेतिर भए पनि उनीहरु माओवादीमैं फर्खिने विश्वास उनले व्यक्त गरे ।

ताजा अपडेट

नेपालवाच विशेष