NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

फेरिए माधव नेपाल र झलनाथ खनाल, भन्छन् : कम्युनिष्ट एकता र ओली सरकार जोगाउन लाग्छौं

काठमाडौं । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँत्याइदिएपछि नेता माधव नेपाल र झलनाथ खनालसहितका नेताहरु एमालेतिरै फर्किएका छन् । एमालेतिरै फर्किएपछि उनीहरुले कम्युनिष्ट एकता र वर्तमान सरकारलाई जोगाउने बताएका छन् । बुधबार संसद बैठकबाट बाहिरिंदै नेता माधव कुमार नेपालले फरक–फरक पार्टीमा भए पनि कम्युनिष्ट आन्दोलनलाई एक बनाउने बताए । ‘मिलिसकेको पार्टीलाई अदालत र निर्वाचन आयोगले दुईवटा बनाए पनि कम्युनिष्ट एकतालाई मर्न दिने छैनौं । सरकारको विषयमा के गर्ने भन्नेमा अहिलेसम्म सरकारका मान्छेसँग छलफल भएको छैन’ नेपालले भने, ‘केन्द्रीय कमिटीको बैठक बोलाउनेबारे पनि कसैले जानकारी गराएकाे छैन ।’ यस्तै बुधबारकाे प्रतिनिधिसभा बैठकबाटै बाहिरिंदै नेता झलनाथ खनालले अहिले नेकपाको सरकार रहेको भन्दै यसलाई बचाउन लाग्ने बताए । ‘अहिले देशमा नेकपा एमालेको सरकार छ’ खनालले भने, ‘यसैलाई जोगाउनतिर लाग्छौं।’ तर, कम्युनिष्ट पार्टीबीच एकताको पहल भने निरन्तर जारी राख्ने उनीहरुको भनाई छ ।

ताजा अपडेट

नेपालवाच विशेष