कैलालीमा एमालेका दुई समूहबीच झडप

काठमाडौं । कैलालीमा प्रदेश इन्चार्जमा लेखराज भट्टको नेमप्लेट हटाएपछि एमालेका दुई समूहबीच झडप भएको छ । प्रदेश इन्चार्ज भट्ट भएको नेमप्लेट राखेकोमा त्यसलाई माधव नेपाल समूहले हटाएको थियो । त्यसपछि दुई समूहबीच झडपको स्थिति उत्पन्न भएको हो । विवाद बढ्दै जाँदा दुई पक्ष कुटाकुटमा उत्रिएका छन् । माधव नेपाल समूहले प्रदेश इन्चार्ज भीम रावल भएको भन्दै भट्टको नेमप्लेटलाई हटाएका थिए । तर भट्ट पक्षका आक्रोशित कार्यकर्ताले रावलका नेमप्लेट फुटाइदिएका छन् । तर, माओवादीबाट एमालेतिर पुगेका भट्ट नै प्रदेश इन्चार्ज रहेको भन्दै नेमप्लेट राखिएको थियो । तर, माधव नेपालहरु एमालेमै गएपछि रावल नै सुदुरपश्चिम प्रदेश इन्चार्ज हुनुपर्ने उनीहरुको अडान छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया