NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १४ गते

हत्या आरोपमा ओलीले केन्द्रीय सदस्य बनाएका बास्कोटा पक्राउ

काठमाडौं । मोरङमा १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोग लागेका एमाले अध्यक्ष केपी ओली पक्षका नेता युवराज बास्कोटा पक्राउ परेका छन् । जिल्लाको पथरीशनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा बास्कोटा पक्राउ परेका हुन् । भण्डारीको हत्या शंकास्पद देखिएको भन्दै प्रहरीले बास्कोटालाई पक्राउ गररेको हो । भण्डारी गत १४ पुसमा मृत अवस्थामा भेटिएका थिए । बास्कोटालाई अनुसन्धान गरी केही दिन अघि छाडिएको थियो । तर, मृतकको परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि बास्कोटा पक्राउ परेका हुन् । नारी दिवसको दिन पथरीमा अतिथि बनेर पुगेका बास्कोटालाई हत्यारा भन्दै केही महिलाले कुटपिट प्रयास गरेपछि एमालेले आफ्ना नेतामाथि दुव्र्यवहार भएको भन्दै विरोध जनाएको थियो । बास्कोटालाई प्रतिनिधिसभा विघटन पछि केपी ओलीले केन्द्रीय सदस्य बनाएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष