यस्ता छन् नेपाल पर्यटन बोर्डले चयन गरेका चाडपर्वका उत्कृष्ट पाँच फोटो

काठमाडौं । कोरोना महामारीका कारण ठप्प भएको चाडपर्वका रौनकलाई अनुभूत गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले आयोजना गरेको फोटो प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । बोर्डले उक्त प्रतियोगिताबाट उत्कृष्ट पाँच सहभागीको फोटो छनोट गरेको छ ।नेपालको कुनै पनि चाडपर्वको फोटो बोर्डले वेबसाइटमार्फत पठाउन आह्वान गरेको थियो । बोर्डलाई प्रप्त भएको कूल ६ सय ८७ फोटोमध्येबाट पाँच फोटो छनौट भएको हो । मिथुन कुवँर, अमन शाही, उमेश स्थापित, रोबिक उपाध्याय र शाम्दे शेर्पाले खिचेका फोटोहरुलाई उत्कृष्ट पाँचमा परेका छन् । बोर्डका अनुसार विजेता फोटोग्राफरहरुले जनही दश हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले ‘फोटोग्राफरहरुको उत्साहजनक सहभागिताले नेपाली चाडपर्वको विराटतालाई अनुभूत गराई फोटोमार्फत् देशको पर्यटन प्रवद्र्धन गर्ने साझा अभियानलाई अझ बृहत बनाएको बताएका छन् । नेपाल पर्यटन बोर्डले पाँच वर्षअघि देखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटोनेपाल फोटो प्रदर्शनी गर्दै आएको छ । उक्त अभियान फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै सुरु भएको थियो । यो अभियानको गएको पाँच वर्षदेखि विभिन्न स्थानहरुमा र अनलाइनमार्फत पनि भइरहेको छ । यसै अभियानलाई अझ व्यापकता दिन फोटोनेपाल डट ट्राभल सुरु गरिएको बोर्डले जनाएको छ । यसमा हाल ११ हजार बढी सदस्यहरुका २५ हजार फोटोहरु संग्रहित छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त
-
सन् २०२५-२०२९ औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि हुने सम्भावना ७० प्रतिशत : राष्ट्रसंघ
-
मोहम्मद अफताब आलम कारागारबाट छुटे
-
साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
-
अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
प्रतिक्रिया