NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

कस्ताे छ आजकाे माैसम ?

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसाे गण्डकी,कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ। राति पहाडी भूभागक एक वा दुई स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ।