NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

स्थानीय तहलाई प्रधानमन्त्रीको प्रश्न: ७० प्रतिशत बजेट के गर्ने ? यो माग उचित होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कुल बजेटको ७० प्रतिशत बजेट माग गर्नु उपयुक्त नहुने बताएका छन् । बुधबार नगरपालिका संघको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले मुलुकको कुल बजेटको ७० प्रतिशत बजेट स्थानीय तहमा पठाउनुपर्ने बताएका थिए । उनीहरुले बजेटजति केन्द्र सरकारले राखेको गुनासो पनि गरेका थिए । तर प्रधानमन्त्री ओलीले स्थानीय तहलाई ७० प्रतिशत बजेट दिएर के गर्ने भनी प्रश्न गरे । ‘७० प्रतिशत बजेट के गर्ने ? ओढ्ने ओच्छ्याउने हो र ?’ उनले भने, ‘त्यसो हो भने प्रदेशले के गर्ने, केन्द्र सरकारले के गर्ने ?’ प्रधानमन्त्री ओलीले जुन सरकारले खर्च गरे पनि अन्तिममा बजेट स्थानीय तहमै पुग्ने बताए । उनले बजेट केन्द्रमा नै राख्ने र स्थानीय सरकारलाई नदिने सोचाइ नभएको बताए । ‘त्यस्तो सोच हुनै सक्दैन, थुपारेर राख्ने, फ्रिजमा राखेर के गर्ने ?’ प्रधानमन्त्री ओलीले स्थानीय तहसँग खर्च गर्ने क्षमता पनि नभएको बताए ।