NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कस्ताे छ आजकाे माैसम?

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसाे प्रदेश १ को पहाडी भूभागका एक*दुई स्थानमा मेघगर्जन,चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना छ । राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । शनिबार दिउँसाे देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित फाटफुट र हल्का वर्षाको सम्भावना छ।