NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

एमालेको एकता कायमै राख्न हरसम्भव कोशिस गरौं : भट्टराई

नेकपा एमाले नेता योगेश भट्टराईले नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोशिस गर्नुपर्ने बताएका छन्। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टिकरण सोधेको र नेपालले उल्टै काउन्टर प्रश्न सोधेपछि पार्टीभित्रको विवाद झनै गम्भीर मोडमा पुगेको छ। यो अवस्थामा भट्टराईले थोरै पनि लचकताबाट यो सम्भव रहेने बताएका छन्। ट्वीटरमा लेखेका छन्, ‘बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दशकौ पछि धकेल्ने छ। अतिवाद र अस्थिरताले केसम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ।