NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

बाइडनले भने- सि जिनपिंगकाे शरीरमा लोकतान्त्रिक हड्डी छैन

अमेरिकी राष्ट्रपति जो बाइडनले चिनिया समकक्षी सि जिनपिंगप्रति कटाक्ष गरेका छन्। राष्ट्रपति बनेपछि बिहीबार आफ्नाे पहिलो आधिकारिक प्रेस कन्फ्रेन्समा उनले चीनसँग संघर्ष गर्ने कुनै चाहना नरहेकाे बताए पनि समकक्षी सिप्रति आलाेचना गरे। बाइडनले भने, ‘सि जिनपिंगकाे शरीरमा एउटा पनि लोकतान्त्रिक हड्डी छैन। तर उनी एक स्मार्ट व्यक्ति हुन्।’ बाइडनले चीन विश्वकाे सबैभन्दा शक्तिशाली र धनी देश बन्न चाहे पनि आफूहरुले त्यस्ताे हुन नदिने बताए। किनकि अमेरिका पनि अगाडि बढ्ने उनले उल्लेख गरे। अमेरिका चमत्कार गर्दै जाने उनले बताए। बाइडनले भनेका छन् अमेरिका र चीनमा मात्र एउटा प्रतिस्पर्धा छ त्याे हाे लोकतन्त्र र तानाशाही काे।