NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

प्रधानमन्त्रीले बोलाए संसदीय दलको बैठक, नेपाल समूहकाे केन्द्रीय कमिटी पनि आजै

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। उनले शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा बैठक बोलाएका हुन्। बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने विषयमा छलफल हुने मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए। उनका अनुसार बैठकमा विशेषगरी तीनवटा एजेण्डा छलफल हुने छ। पहिलो विकास निर्माणका योजना कसरी समेट्ने, दोस्रो चालु प्रतिनिधिसभा बैठकको अधिवेशन कसरी प्रभावकारी बनाउने र तेस्रो दललाई एक ढिक्का बनाएर कसरी लैजान? नेपाल समूहको केन्द्रीय कमिटी बैठकयसैबीच, वरिष्ठ नेता माधवकुमार नेपालले पनि शुक्रबार बिहान ११ बजे केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन्। नेपाल समूहले प्रधानमन्त्री ओलीविरुद्ध कसरी अघि बढ्ने र नेकपा एमालेको एकता जोगाउन कसरी जाने भन्‍ने विषयमा छलफल हुने बताइएको छ। शुक्रबार बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बस्ने गरी बैठक बोलाइएको हो। नेपाल समूहले यसअघि अध्यक्षओली पक्षले राखेका केन्द्रीय र संसदीय दलको बैठक बहिष्कार गरेको थियो।