NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

५ लाख ९४ हजारले पाए ज्योति लाइफको १० कित्ता सेयर [यसरी हेर्नुहोस् नतिजा]

सर्वसाधारणलाई साधारण सेयर जारी गरेको ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रवार बाँडफाँड भएको छ । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटलले आज १२ बजेर ३० मिनेटमा आईपीओ बाँडफाँड गरेको छ । क्यापिटलले गरेको सेयर बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४८० जनामध्ये ४४ हजार ६ सय ४५ जनाको आवेदन रद्ध भएको छ भने आवेदन योग्य भएरपनि बाडँफाटमा नपरेका १२ लाख ४८ हजारको हात खाली भएको छ । लाइफ इन्स्योरेन्सले गत फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणलाई ५९ लाख ४० हजार कित्ता सेयर खरीद गर्न आव्हान गरेको थियो ।कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरे पछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई विक्री गरेको हो । कम्पनीको आइपिओलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी ‘आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यसले समय नै कम्पनीको दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित रहेको बुझाउँछ । हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। सर्वसाधारणलाई आईपीओ वितरणपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यसरी हेर्नुहाेस् नतिजा आईपिओको नतिजा मेरोशेयर, सिडीएसले आईपिओ नतिजाको लागि तयार पारेको वेबसाइट र बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ ।