NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

निधन भएपछि धुलिखेल अस्पतालमा पुरुषमा कोरोनाको पुष्टि

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतामा उपचाररत बिरामीको निधन भएपछि कोरोना पुष्टि भएको छ । निमोनियाले गर्दा श्वाप्रश्वासमा कठिनाइ भएपछि अस्पतालमा भर्ना भएका दोलखा विगु गाउँपालिकाका ६२ वर्षीया पुरुषको निधन भएको हो । अस्पतालका अनुसार निमोनियाको उपचार हुँदाहुँदै उनको निधन भएको हो । धुलिखेल अस्पतालका आकस्मिक विभाग प्रमुख डा. सानुकृष्ण श्रेष्ठका अनुसार चैत ११ राति ती पुरुष भर्ना भएका थिए । तर, उपचारकै क्रममा १२ गते दिउसो उनको निधन भएको हो । निधन भएपछि शंका लागेर कोभिडको परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । मृतकमा कोभिडको पुष्टि भएपछि शवलाई नेपाली सेनाले सुरक्षा सहित अन्त्येष्टि गरेको थियो । अस्पतालमा नै कोभिडनबाट मृत्यु भएपछि आवश्यक सतर्कता अपनाउन स्थानीय तहहरुलाई आग्रह गरिएको छ ।