NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कोरोना संक्रमण बढिरहेको बेलामा भारतको कोरोना अस्पतालमा आगलागी

भारतको मुम्बइस्थित सनराइज अस्पतालमा आगलागी हुँदा नाैजनाको मृत्यु भएको छ । भान्डुप क्षेत्रको ड्रिम्स मलमा शुक्रबार बिहान १२ः३० मा आगलागी भएको हो । भेन्टिलेटरमा रहेका सात जनासहित अन्य दुईकाे मृत्यु भएको मुम्बइका मुख्यमन्त्री उद्धव थाकरेले जनाएका छन् । ड्रिम्समलको तेस्रो तलामा रहेको सनराइज अस्पतालले विगत एक वर्षदेखि अस्थायी रुपमा कोरोना संक्रमितको उपचार गर्र्दै आएका थियो ।आगलागीबाट प्रभावित भएकाको परिवारका लागि सरकारले पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरिसकेको छ । आगलागी हुँदा भेन्टिलेटरमा ७ जना बिरामी थिए । अन्य ७० जना भन्दा बढी बिरामीलाई अन्यत्रै सारिएको छ । आगलागीको कारण भने अहिलेसम्म पनि पत्ता लागिसकेको छैन । भारतमा कोरोना महामारीको संक्रमण दर बढिरहेको बेलामा यतिबेला उक्त अस्पतालमा आगलागी भएको हो । बिहिबारमात्रै मुम्बईमा ५ हजार ५ सय ४ नयाँ संक्रमित थपिएका थिए ।