NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कांग्रेस नेता जोशीको निधनप्रति विश्वप्रकाशले भने– देशले एक कुशल नेता गुमायो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधनले देशले एक असल र कुशल नेता गुमाउनुपरेको बताएका छन् । सामाजिक सञ्जल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । ‘उहाँको मृत्यु भएको छैन । फेरिपनि लेख्न मन छ यो खबर झुठो हो !’ उनले लेखेका छन्, ‘तर लेख्नु परेको छ…. अल बिदा नविन्द्र दाइ ! ्तपाईंको आत्मालाई शान्ति मिलोस् । देशले आज एक असल र कुशल नेता गुमाउनुपरेको छ ।’