NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

गण्डकी प्रदेशका माओवादी मन्त्रीहरुले राजीनामा दिने

काठमाडौं । एमाले र माओवादी ब्युँतिएसँगै देखिएकाे उतारचढावकाबीच गण्डकी प्रदेशमा माओवादीका तर्फबाट मन्त्री बनेकाहरुले राजीनामा दिने भएका छन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले आफ्नो दलका तर्फबाट मन्त्री बनेकालाई राजीनामा दिन निर्देशन दिएको हो । पार्टीको निर्णयपछि माओवादीबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिन लागेका हुन् ।