NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

पोखरेललाई साथ दिएका चार सांसदलाई जसपाले सोध्यो स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारलाई साथ दिएर मन्त्री बनेका चार सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टी र संसदीय दलको निर्देशन अटेर गर्दै मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो । प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरिरसकेका सांसद सन्तोष पाण्डे र सुमन रायमाझीसहित विजय यादव र कल्पना पाण्डे लम्साललाई पार्टीनको निर्देशन किन उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिएको हो । जसपाका संसदीय दलका नेता सहसराम यादवले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ उपदफा १ (क) र २ बमोजिम चारैजनालाई छुट्टाछुट्टै पत्र लेखेर स्पष्टीकरण तोकिएको अवधिभित्र बुझाउन निर्देशन दिएका छन् । २४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टिकरण नआए प्रदेश सभासदस्य पदबाट मुक्त गर्न प्रचलित कानून अनुसार दलले आवश्यक प्रक्रिया अघि बढाउने पत्रमा उल्लेख छ ।