NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

बाँकेमा कोरोनाबाट संविधानसभा सदस्य सिद्धिकीको मृत्यु

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज–३ की ६२ वर्षीया मोहम्मद सिद्धिकी रहेकी रहेकी छिन् । उपचारका क्रममा शनिबार उनको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले जानकारी दिए । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी गत चैत २८ गते भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा भर्ना भएकी थिइन् । उनी नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्य समेत थिइन् । ०३६ देखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएकी सिद्धिकी समाजसेवा र मानव अधिकारका क्षेत्रमा विशेष सक्रिय रहँदै आएकी थिइन् । उनी नेपालगञ्जमा स्थापित फातिमा फाउण्डेशन नेपालको संस्थापक अध्यक्षसमेत थिइन् । योसँगै कोरोना सङ्क्रमणबाट बाँकेमा मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ ।