NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

नेपालमा काेराेना संक्रमणदर उच्च, घण्टैपिच्छे मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमण उच्च दरमा वृद्धि भइरहेका बेला मृत्युदर पनि बढेको छ। नेपालमा औसतमा प्रत्येक घण्टामा ज्यान जान थालेको छ। पछिल्लो २४ घण्टामा आइतबार २८ जनाको मृत्यु भएको छ। जसमा सबैभन्दा बढी बाँकेका ६ जना छन्। कोरोनाको दोस्रो लहर सुरु भए यता आइतबार मृत्यु हुनेको संख्या सबैभन्दा उच्च हो। यसअघि कात्तिक १९ गते ३० जनाको मृत्यु भएको थियो। शनिबार १४ जनाको निधन भएको थियो। मुलुकभर आइतबार संक्रमित भने ३ हजार १ सय २२ जना थपिएका छन्। ९ हजार २ सय ९२ पीसीआर र ७ सय ६ एन्टिजेन गरी १० हजार ७८ जनाको परीक्षण गरिएको थियो। काठमाडौं उपत्यकामा १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा १ हजार १ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ गरी १ हजार ४ सय ९८ जना संक्रमित छन्। मुलुकभर २ सय ५२ जना सघन उपचार कक्षमा भर्ना भएका छन्। जसमध्ये ६५ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। मुलुकभर ६९ जना क्वारेन्टाइनमा छन्। प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टा ९आइतबार०मा ४ सय ५० जना डिस्चार्ज भएको बताए। हालसम्म कोरोनाबाट मुक्त हुने दर ९२.५ प्रतिशत छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा अनुप बाँस्तोलाका अनुसार कोरोना संक्रमणको दोस्रो लहर फैलाउने भाइरस संक्रामक छ। ‘संक्रमण चाँडै फैलिएको देखिन्छ। यो संक्रामक भाइरसले युवालाई बढी गाँजेको छ’, डा बाँस्तोलाले भने। उनका अनुसार ज्वरो आउने, निमोनिया, शरीर दुख्ने, शिथिलता हुनेलगायत लक्षणहरू देखापरेका छन्। कतिपय व्यक्ति ज्वरो नभई निमोनिया भएर पनि अस्पताल भर्ना हुन आउने गरेको चिकित्सक बताउँछन्। ‘केही व्यक्ति बिना खोकी निमोनियाले गाह्रो बनाएपछि इमर्जेन्सीमा भर्ना हुनुभएको छ’, डा. बाँस्तोलाले भने। अस्पतालमा भर्ना भएका बिरामी हेर्दा पोहोरको तुलनामा युवाको संख्या बढी देखिन थालेको चिकित्सक बताउँछन्। आजकाे अन्नपूर्ण पाेस्टमा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष