NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

बाँके र बर्दियामा सोमबार रातिदेखि लकडाउन जारी हुँदै

लुम्बिनी प्रदेशस्थित बाँके र बर्दिया जिल्लामा आज साेमबार मध्यरातिदेखि लकडाउन जारी हुने भएकाे छ। कोरोना संक्रमणको दर बढ्दै गएपछि दुवै जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै साेमबार मध्यरातिदेखि एक साताका लागि निषेधाज्ञा/लकडाउन जारी हुने जानकारी दिएका हुन्। बाँकेकाे नेपालगन्ज र काेहलपुरमा यसअघि नै लकडाउन जारी भइसकेकाे छ। छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमण दर बढ्दै गएपछि बर्दियामा लकडाउन जारी गर्न लागिएकाे हाे। अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाउने आदेश सहित जिल्लाका अधिकांश स्थानमा ‘लकडाउन’को गरिने सोही सूचनामार्फ जानकारी गराइएको छ । स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय पनि बन्द गर्न प्रमुख जिल्ला अधिकारीबाट जारी सूचनामा उल्लेख छ । जिल्लमा अनुमति प्राप्त, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायबाहेकको सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष