NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

झाडापखालाबाट दिदीबहिनीको मृत्यु

झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ। शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका दाङकाे राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको ज्यान गएको हो। दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए। उपचारका क्रममा ज्यान गुमाएका उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष