NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

उपत्यकामा आजबाट अत्यावश्यक बाहेकका काम बन्द

काठमाडौँ । कोरोना भाइरसको संक्रमण तिब्र बनेसँग काठमाडौ उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक बाहेकका काम नहुने भएको छ । काठमाडौँ, ललितपुर र भत्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यक बाहेकका काम तत्काललाई बन्द गर्ने निर्णय गरेका हुन् । यससँगै जिल्लाका सिडियो कार्यालयहरु र सेवाग्राहीको भिडभाड हुने अन्य सरकारी निकायहरुले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका हुन् । कोरोना संक्रमणको दर बढेकाले भिडभाड नियन्त्रण गर्न यस्तो निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले बताए । उनले राजधानीका अन्य सेवा प्रवाह गर्ने कार्यालयमा पनि भिडभाड नियन्त्रणका लागि आवश्यक निर्णय गर्नुपर्ने बताए । यो पनि पढ्नुहोस् उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी, सिडिओ भन्छन्– छलफल गर्दैछौं ‘हामी आज (सोमबार) पनि वैठकमा बस्दैछौँ, कोरोना संक्रमणको बृद्धिदर, नियन्त्रणको स्थिती लगायतका तथ्यांक विश्लेषण गरेर आवश्यक निर्णय गछौँ ।’ प्रमुख जिल्ला अधिकारी निरौलाले नेपालवाचसँग भने । उनले पहिलो चरणमा सेवाग्राहीको भिडभाड हुने सबै सरकारी र नीजि क्षेत्रका कार्यालयहरुमा भिड नियन्त्रण गर्नु आवश्यक भएको समेत बताए । संक्रमण नियन्त्रणका लागि पहिलो काम भौतिक दूरी बढाउने नै हौ , थप क्षति रोक्न त्यसका लागि स्पष्ट निर्णय गर्नुपर्ने अवस्था आइसकेको छ ।, निरौलाको भनाई छ । यो पनि पढ्नुहोस् तीन सिडिओको बैठक, राजधानीमा भोलीदेखि निषेधाज्ञा जारी हुन सक्ने सिडिओ निरौलाले अत्यावश्येक बाहेकका काम अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बन्द गरिएको बताए । जिल्ला प्रशासन कार्यालय खुल्ला रहन्छ, तर अत्यावश्यक कामका लागि मात्र, नागरिकता बनाउने, विभिन्न सिफारिस जस्ता नियमित कामहरु गर्न बन्द गरिएको छ । यो पनि पढ्नुहोस् बाँके र बर्दियामा सोमबार रातिदेखि लकडाउन जारी हुँदै

ताजा अपडेट

नेपालवाच विशेष