NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

काेराेनासँग जुध्न भारतलाई सघाउन पाकिस्तान इच्छुक

कोरोना भाइरसको दोस्रो लहरमा महामारीका कारण अति प्रभावित भएको भारतलाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गर्न पाकिस्तान तयार भएकाे छ। पाकिस्तानको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी पाकिस्तान भारतीय नागरिकलाई सहयोगका लागि तयार रहेको जानकारी दिएको हो। ‘महामारीको यो संकटका बेला हामी भारतका नागरिकको साथमा छौँ । पाकिस्तान सहयोग स्वरुप भारतलाई भेन्टिलेटर, बाइपेप मेसिन, डिजिटल एक्स–रे मेसिन, पिपिई किट र अत्यावश्यक स्वास्थ्य सामग्री दिन चाहन्छ,’ वक्तव्यमा भनिएकाे छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि भारतका नागरिकप्रति सहानुभूति व्यक्त गर्दै भनेका छन्, ‘छिमेकी तथा विश्वभर घातक भाइरसका कारण समस्या भोगीरहेकाहरुको शीघ्र स्वास्थ्य लाभका लागि पाकिस्तान प्रार्थना गर्दछ।’-एजेन्सीकाे सहयाेगमा

ताजा अपडेट

नेपालवाच विशेष