NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

फ्लोर क्रस गरेका चार सांसदको पद गुम्दै

सुर्खेत । कर्णाली सरकारलाई विश्वासको मत दिएका एमालेका चार सांसदको पद आजदेखि खारेज हुने भएको छ । वैशाख ३ गते कर्णाली प्रदेशसभाको बैठकमा एमाले संसदीय दलको ह्वीप विपरीत फ्लोर क्रस गरेर चार सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थिए । सोमबार (आज) दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले संसद् सचिवालयमा दर्ता भएको एमाले संसदीय दलको पत्र पढेर सुनाएपछि उनीहरुको सांसद पद जानेछ । मुख्यमन्त्री शाहीको पक्षमा लागेका एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीले मुख्यमन्त्रीको पक्षमा मतदान गरेर सरकार जोगाएका थिए । फ्लोर क्रसको दुई दिनपछि मुख्यमन्त्री शाहीले तीन सांसदलाई मन्त्री पद उपहार दिएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष