NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भारतबाट सिधै गाउँ

जाजारकोट । रोजगारीका लागि भारत गएकाहरु घर फर्किने क्रम बढ्दो छ । सीमामा केही चेकजाँच गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन । जसमा कारण भारतबाट फर्किनेहरु सिधै घर पुग्ने गरेका छन् । कर्णाली र सुदूरपश्चिमका अधिकांश मजदुरहरु यतिबेला धमाधम घर फर्किरहेका छन् । सीमामा पनि पनि भीड धेरै भएपछि उनीहरुलाई चेकजाँच नै नगरी घर पठाउने गरिएको छ । हातमा १० वटा मास्क थमाएर घर पठाउने गरिएको घर फर्किएकाहरुले बताउने गरेका छन् । यतिबेला जाजरकोट, कालिकोट, सुर्खेत, दैलेखका गाउँहरुमा सैयौंको संख्यामा भारतबाट फर्किएका छन् । प्रहरीले बाटोमा सवारी साधन र हिँड्दा मास्क भने अनिवार्य लगाउन अनुरोध गरिरहेको छ । अहिलेसम्म तीनै तहका सरकारले भारतबाट फर्किनेका लागि क्वारेन्टाइन वा आइसोलेसन कुनैको पनि व्यवस्थापन गर्न सकेका छैनन् । गम्भीर लक्षण देखिएकालाई मात्रै परीक्षण गरी अस्पताल पठाउने गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष