NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भारतमा दिनहुँ संक्रमणको नयाँ रेकर्ड, सोमबार थपिए तीनलाख ५२ हजार संक्रमित

काठमाडौं । भारतमा दिनहुँ कोरोना संक्रमणको नयाँ रेकर्ड तोडिँदै आएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा तीन लाख ५२ हजार नयाँ संक्रमित थपिएका छन् । यो रेकर्ड विश्वकै उच्च हो । गत वर्ष अमेरिकामा सबैभन्दा धेरै एकैदिन तीन लाख ३० हजारको हाराहारीमा संक्रमित थपिएका थिए । तर, भारतमा यो रकेर्ड पनि तोड्दै सोमबार तीन लाख ५२ हजार ९९१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण दुई हजार आठसय १२ जनाको मृत्यु भएको छ । भारतमा कुल संक्रमितको संख्या एक करोड ७३ लाख १३ हजार १६३ पुगेको छ । यस्तै अहिलेसम्म मर्नेको संख्या एक लाख ९५ हजार १२३ पुगेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । हाल भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख १३ हजार ६५८ पुगेको छ । अहिलेसम्म १४ करोड १९ लाख ११ हजार भन्दा धेरैलाई कोरोना भाइरसविरुद्धको कम्तिमा पहिलो डोज लगाइएको पनि छ ।

ताजा अपडेट

नेपालवाच विशेष