एक साताका लागि सुर्खेतमा पनि निषेधाज्ञा
सुर्खेत । कोरोना संक्रमणको दर बढ्दै गएपछि सुर्खेतमा पनि निषेधाज्ञा जारी गर्न सिफारिस गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले भोलि(मंगलबार)देखि एक साताका लागि निषेधाज्ञा गराउने जिल्ला सुरक्षा समितिसमक्ष सिफारिस गरेको हो । वैशाख १४ गते राति १२ बजेदेखि लागू हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गर्र्न सिफारिस गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘भोलिदेखि जिल्लाभर एक साताका लागि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय भएको छ,’ उनले भने । उनका अनुसार कोरोना संक्रमणको दर सुर्खेतमा पनि नियन्त्रण बाहिर जाने अवस्था देखिएपछि तत्काल निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया