NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

काठमाडौं उपत्यकामा निषेधाज्ञाको तयारी, मोडालिटी र समयावधिबारे प्रजिअहरु गृहसँग परामर्शमा

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ । सोमबार बिहान काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच उपत्यकामा निषेधाज्ञा लगाउने विषयमा छलफल भएको हो । प्रजिअहरुको बैठक निषेधाज्ञा गर्ने निर्णयमा पुगेपछि अहिले कुन-कुन क्षेत्र खोल्न दिने र कुन सेवा सञ्चालनमा रोक लगाउने भन्ने बारे निर्णय लिन गृह मन्त्रालयसँग परामर्श गरिरहेका बताइएको छ । निषेधाज्ञाको मोडालिटी र समयावधिबारे समेत मन्त्रालयको परामर्श लिन लागिएको हो । यसअघि बैठकमा एक दर्जनभन्दा बढी सेवा सञ्चालनमा रोक लगाइने विषयमा प्रजिअहरुबीच छलफल भएको थियो । जसमा सार्वजनिक सवारी, रात्रिकालीन सबै व्यवसाय, होटेल रेस्टुरेन्ट, सार्वजनिक सेवालगायत छन् । आइतबारको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पनि काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमितको संख्या एक हजारभन्दा बढी भए कुनै पनि बेला निषेधाज्ञा जारी गर्न सक्ने अधिकार तीनवटै जिल्ला प्रशासन कार्यालयहरूलाई दिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष