NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

प्रदेश २ : स्वास्थ्य मापदण्ड पालना नगर्ने ३५ सय जना कारबाहीमा, साढे ३ लाख राजश्व सङ्कलन

सर्लाही । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले हालसम्म ३ लाख ५२ हजार ४ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । नेपाल सरकारले तय गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगरेको भन्दै सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम ३ हजार ५२४ जनालाई कारबाही गरी हालसम्म उक्त राजश्व रकम सङ्कलन गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । प्रहरीले गत वैशाख १ देखि ४ सम्म प्रचारप्रसार, माइकिङ तथा स्थानीय सञ्चारमाध्यममा जिङ्गलसमेत बजाई सचेत गराएको थियो । वैशाख ४-११ सम्म क्रमशः तीन घण्टा होल्डिङ गरी ४४ हजार ४५१ जनालाई सम्झाएर छाडिएको प्रहरीले जनाएको छ । त्यसैगरी, १६ हजार ९६९ व्यक्तिलाई होल्डिङ्ग गरी मास्क वितरण गरी छाडिएको र हालसम्म ३ हजार ५२४ जनालाई सङ्क्रामक रोग निवारण ऐन बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्रतिव्यक्ति सय रुपैयाँका दरले जरिवाना तिराइएको प्रहरी उपरीक्षक प्रसाईंले बताए । (रासस)

ताजा अपडेट

नेपालवाच विशेष