NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

बाटो खन्ने क्रममा पहिरोले एक्स्काभेटर पुरिँदा चालकको मृत्यु

रुकुम पूर्व । सडक खन्ने क्रममा झरेको सुक्खा पहिराले पुर्दा एक्स्काभेटर चालकको मृत्यु भएको छ । भूमे गाउँपालिका–८ सिमखोला (पूर्साबाङ) मा आइतबार साँझ सडक खनिरहेका बेला झरेको सुक्खा पहिराले एक्स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख सविन शाहले जानकारी दिए । पहिराले पुरेको एक्स्काभेटरको बकेट मात्र देखिएको छ । घटनालगत्तै प्रहरी घटनास्थलमा पुगे पनि तत्काल उद्धार सम्भव नभएको उनले बताए । अहिले सो ठाउँमा अर्को एक्स्काभेटरको सहायताले पहिरो हटाउने क्रम जारी छ । उनका अनुसार पुर्साबाङ–रुकुकोट–कुचिवाङ–कोर्जा–तमारी–लावाङ सडकखण्डअन्तर्गतको पुर्साबाङमा सडक खन्ने क्रम जारी थियो । उक्त ठाउँमा कमजोर माटो भएको हुँदा मानिसले नै खन्ने र उपकरणको प्रयोग नगर्ने भनिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए । तर ठेकेदार कम्पनीले भारी उपकरण प्रयोग गरेपछि घटना भएको उनको दाबी छ ।

ताजा अपडेट

नेपालवाच विशेष