NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

मास्क नलगाउने एक हजार ७८ जना प्रहरीको नियन्त्रणमा

पोखरा । कास्की प्रशासनले कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सचेतना एवम् अनुगमनलाई तीव्र बनाएको छ । पोखरा बजारमा दिनानुदिन संङ्क्रमितको संख्या बढ्दै गएपछि प्रशासनले सार्वजनिक स्थानमा सुरक्षा मापदण्ड अपनाउन सर्वसाधारणलाई सचेत गराउनुका साथै बिभिन्न समारोह हुने पार्टी प्यालेसहरुमा अनुगमन बढाएको हो । प्रशासनले सोमबार कास्की पोखराका अधिकतम भीडभाड हुने ठाउँहरु चिप्लेढुङगा, अमरसिह चोक र पृथ्वीचोकमा मास्क नलगाउने व्यक्तिलाई एक घण्टा नियन्त्रणमा लिई कोरोना भाइरबाट बच्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड लगायतमा जानकारी दिइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा मास्क नलगाउने एक हजार ७८ जनालाई नियन्त्रणमा लिइ कोरोना सचेतनाबारे प्रशिक्षण दिइएको छ । उक्त अवसरमा सामुदायिक प्रहरीको सक्रियतामा मास्क समेत वितरण गरिएको थियो । प्रशासनले पोखराका बिभिन्न पाँचवटा पार्टी प्यालेसमा पनि अनुगमन गरेको छ । कोरोना सङ्क्रमणको दर बडिरहेका अवस्थामा प्रत्येक नागरिक आ–आफ्नाे ठाउँमा सतर्क बन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै प्रजिअ गौतमले प्रशासनले अनुगमनको कामलाई निरन्तर अघि बढाउने उल्लेख गरे ।

ताजा अपडेट

नेपालवाच विशेष