NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

राष्ट्रिय सभा उपनिर्वाचन : उम्मेदवारको मनोनयन दर्ता वैशाख २४ मा

काठमाडौं । राष्ट्रिय सभा सदस्यको लागि हुने उपनिर्वाचनका लागि वैशाख २४ मा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नुपर्ने भएको छ । वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको आगामी जेठ ६ गते बिहीबार हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्दै निर्वाचन आयोगले वैशाख २४ मा मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिकासमेत सार्वजनिक गरेको छ । वैशाख २९ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । स्वीकृत कार्यक्रमअनुसार वैशाख २१ मा मतदाता नामावली प्रकाशन तथा दाबी विरोधको उजुरी दिने, वैशाख २२ र २३ मा निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गर्ने, वैशाख २३ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, वैशाख २५ मा उम्मेदवारको विरोधमा उजुरी दिने निर्वाचन कार्यतालिका छ । आयोगका अनुसार वैशाख २६ र २७ मा मनोनयनपत्र र उजूरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख २७ मा उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख २८ मा उम्मेदवारले चाहेमा नाम फिर्ता लिन सक्नेछन् । (रासस)

ताजा अपडेट

नेपालवाच विशेष