NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा वैशाख १६ देखि निषेधाज्ञा लगाइने भएको छ । सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र गृह मन्त्रालयका प्रतिनिधीबीच भएको छलफलले उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको हो । ‘वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय भएको छ । के-के बन्द हुने र के-के खुला हुने भन्ने विषयमा ड्राफ्ट बनाइरहेका छौं,’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले नेपालवाचसँग भने, ‘निषेधाज्ञाको मोडालिटी र समयावधिबारे केहीबेरमा विस्तृतमा जानकारी दिनेछौं ।’ यसअघि बसेको सीडीओहरुको बैठकमा एक दर्जनभन्दा बढी सेवा सञ्चालनमा रोक लगाइने विषयमा छलफल भएको थियो । जसमा सार्वजनिक सवारी, रात्रिकालीन सबै व्यवसाय, होटेल रेस्टुरेन्ट, सार्वजनिक सेवालगायत छन् । आइतबारको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पनि काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमितको संख्या एक हजारभन्दा बढी भए कुनै पनि बेला निषेधाज्ञा जारी गर्न सक्ने अधिकार तीनवटै जिल्ला प्रशासन कार्यालयहरूलाई दिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष