NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

खोप लगाउने लाइनमा कुटपिट, एक जना पक्राउ

काठमाडौं । कोरोना भाइरसविरुद्धको ओप लगाउने क्रममा भएको कुटपिटमा एक जना घाइते भएका छन् । सोमबार बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा खोप लगाउने क्रममा झगडा हुँदा एक जना घाइते भएका हुन् । प्रहरीले कुटपिटमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मानिसलाई महानगरीय प्रहरी वृत्त गौशाला लगिएको छ। सरकारले अहिले काठमाडौंका विभिन्न अस्पतालहरुमा कोभिड १९ संक्रमण विरुद्धको खोप लगाइरहेको छ । संक्रमण फैलिने दर बढ्दै जाँदा खोप लगाउने मानिसको सङ्ख्या पनि बढेर गएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष