NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

पहाडी भूभागमा हावाहुरीसहित वर्षाकाे सम्भावना

मंगलबार पहाडी भूभागमा वर्षाकाे सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा न्यून चापिय रेखाको प्रभाव छ, जसकारण एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ लगायत देशका अन्य पहाडी भूभागमा आँशिक बदली रहने आँकलन गरिएकाे छ। महाशाखाका अनुसार बुधबार देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि क्षणिक वर्षाको सम्भावना छ। बुधबार राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।

ताजा अपडेट

नेपालवाच विशेष