NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

सशस्त्रमा दुवै एआइजीको पदावधि एक वर्ष थपिदा कसलाई घाटा, कसलाई फाइदा ?

सशस्त्र प्रहरी बलका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी) को एक वर्ष पदावधि थप भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा दुुबै एआईजीको एक वर्ष पदावधि थप्न प्रक्रिया अघि बढाउन गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई सोमबार निर्देशन दिएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले दुबैको म्याद थपेको हो । सशस्त्र प्रहरी बलमा पुष्पराम केसी र रामशरण पौडेल एआईजी छन् । उनीहरुको पदावधि थप्ने र नथप्ने विषयलाई लिएर शक्तिकेन्द्रबीच चर्को लविंग हुँदै आएको थियो । सशस्त्र प्रहरीमा एआईजी र नायव महानिरीक्षक ९डीआईजी० को पदावधि चाररचार वर्ष रहेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा भने एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको समयमा सशस्त्र प्रहरी नियमावली २०७२ आएको हो । नयाँ नियमावली आउनु अगाडि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी०को पदावधि पाँच वर्ष रहेको थियो । तत्कालीन आईजीपी वन्तले एआईजी र डीआईजीलाई संगठन र नेतृत्वप्रति जिम्मेवार र अनुशासित बनाउन, कार्यसम्पादन राम्रो र क्षमता भएकालाई अगाडि बढाउने उद्धेश्यले नियमावलीमा चार जोड एकको व्यवस्था गरेका थिए । म्याद थप गरिएका दुबै जना एआईजी आईजीपी शैलेन्द्र खनालका व्याची हुन् । एक वर्ष म्याद थप भएकाले अब खनालपछि केसी थोरै समय सशस्त्रको नेतृत्वमा पुग्नेछन् । आईजीपी खनालको चार बर्से कार्यकाल आगामी २८ चैतमा सकिदै छ । त्यसपछि अर्को वर्षको २० वैशाखसम्म केसी आईजीपी बन्नेछन् । सशस्त्रमा हाल एआईजीको दरबन्दी दुुई ओटा मात्रै रहेको छ । यही अवस्था रहेको अवस्थामा हाल सशस्त्र प्रहरी नायव महानिरीक्षक ९डीआईजी० रहेका खड्गबहादुर राई र मन्दिप श्रेष्ठ डीआईजीबाटै अवकाश पाउने भएका छन् । अब उनीहरुले आगामी २६ माघमा अवकाश पाउने छन् । सरकारले उनीहरु दुुबैको एक वर्ष म्याद थप गरेको थियो । दुबै एआईजीको म्याद थप नभएको भए राई खनालपछि एक वर्षका लागि सशस्त्रको नेतृत्वमा पुग्ने थिए । राई ११ चैत २०४९ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । केसीपछि भने वरिष्ठताका आधारमा प्रविणकुमार श्रेष्ठ आईजीपी बन्ने छन् । यसका लागि भने श्रेष्ठको पनि एक वर्ष पदावधि थप्नु पर्ने हुन्छ । पदावधि नथपेको अवस्थामा उनी आगामी ९ असारमा अवकाशमा जाने छन् । तर अहिलेसम्मको अवस्था हेर्दा सबै जनाको एक वर्ष पदावधि थपिएको छ । उनको एक वर्ष पदावधि थपिएको अवस्थामा उनी केसीपछि २६ कात्तिक २०८२ सम्म आईजीपी बन्नेछन् । राजधानी दैनिकमा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष