NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

के हो मेडिकल अक्सिजन ?

कोरोना महामारीको दोस्रोत र खतनाक अवस्थामा हरेक दिन लाखौं व्यक्तिमा कोरोना देखिँदैछ । सबैभन्दा बढी प्रभावित भारतमा त एकैदिन तीन लाख भन्दा पनि बढीमा कोरोना देखिन थालेको छ । केहीको त अवस्था निकै गम्भीर पनि बनिरहेको छ । अस्पतालमै बिरामीले ज्यान गुमाइरहेका छन् । अवस्था यस्तो आइसक्यो कि अब अस्पतालमा लगिएको बिरामी घर फर्किन्छ कि फर्किँदैन भनेर ढुक्क हुने अवस्था छैन । हाल हरेक अस्पतालहरुमा अक्सिजन अभावका कारण कोरोना संक्रमितको ज्यान गइरहेको खबर आइरहेका छन् । भारतमा त यो अवस्था अझै भयावह नै छ । अब कोरोनाको चपेटामा आउँदै गरेको नेपालमा पनि अक्सिजन अभाव देखिन थालेको छ । अक्सिजनका लागि भारतसँगै निर्भर रहेको नेपालमा पनि कोरोनाका बिरामीको संख्यामा बृद्धि भएसँगै अक्सिजन पनि अभाव देखिन थालेको छ । आखिर मेडिकल इमरजेन्सीमा प्रयोग हुने अक्सिजन अरुभन्दा किन फरक छ ? छटपटाइरहेका बिरामीका लागि अक्सिजन नै ज्यान जोगाउने पहिलो सहारा किन हो त ? हामी जुन हावा स्वाशका रुपमा लिन्छौं । त्यसमा अक्सिजनका साथै नाइट्रोजन, कार्बनडाइअक्साइड, हाइड्रोजन जस्ता ग्यास हुन्छन् । तर, मेडिकल अक्सिजन एकदम शुद्ध हुन्छ । यसलाई चिकित्सकीय काममा मात्रै प्रयोग गरिन्छ । मेडिकल अक्सिजन जो पायो उसैलाई दिन पनि मिल्दैन । यसका लागि चिकित्सकको प्रेस्किप्सनको आवश्यक पर्छ । सिलिन्डरमा भरिएको अक्सिजन ग्यास चिकित्सकको अनुमतिबिना पाइँदैन ।अक्सिजनको प्रयोग उद्योगहरुमा पनि हुन्छ । कम्बस्टेशन, अक्सिडेशन, कटिङ केमिकल रियाक्सनमा अक्सिजनको प्रयोग गरिन्छ । दुवैमा मात्रै यति फरक हुन्छ कि, औद्योगिक अक्सिजन मेडिकल अक्सिजनजति शुद्ध हुँदैन । औद्यागिक क्षेत्रमा प्रयोग हुने अक्सिजनलाई मेडिकल अक्सिजनका रुपमा प्रयोग गर्न सकिँदैन । जुन सिलिन्डरमा मेडिकल अक्सिजन भरिन्छ, त्यो पनि सफा हुन आवश्यक हुन्छ । मेडिकल अक्सिजनको प्रयोग अस्पताल, मेडिकल कलेज र क्लिनिकमा हुन्छ । यसको प्रयोग एनेस्थेसिया प्रयोगका बेला, लाइफ सपोर्ट सिस्टममा राखिएका बिरामीलाई स्वाश दिनका लागि र अक्सिजन थेरापीका बेला गरिन्छ । यसबाहेक एथलेटिस्ट पनि प्रशिक्षणका बेला यसको प्रयोग गर्दछन् । कोरोना महामारीका कारण अहिले अस्पतालहरुमा अक्सिजन अभाव देखिएको छ । भारतमा त अक्सिजन अभावकै कारण दैनिक दर्जनौंले ज्यान गुमाइरहेका छन् । नेपालले पनि आफ्नै अक्सिजन प्लान्टबाट उत्पादन गर्ने तयारी थालेको छ । अक्सिजन अभावले बिरामीको ज्यान नजाओस भन्नका लागि प्लान्ट स्थापनाको कार्य तिव्र रुपमा अगाडि बढिरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष