NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

भारत कोरोना महामारीको चपेटामा, स्वास्थ्य उपकरण आपूर्तिको तयारीमा डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा कोरोना भाइरस महामारी नियन्त्रणका लागि सघाउने भएको छ। भारतमा कोरोना महामारी अत्यन्तै खराब अवस्थामा पुगेपछि डब्लुएचओले स्वास्थ्य उपकरण आपूर्तिको तयारी थालेको हो। यसको जानकारी डब्ल्यू्एचओका प्रमुख ट्रेडोस अदानोम गेब्रिएसएसले दिएका हुन्। उनका अनुसार अक्सिजन, मोबाइल अस्पताल र ल्याबको व्यवस्थापनमा ध्यान केन्द्रित गरेर काम अगाडि बढाइएको छ। भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १९ हजार ४ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ। भारतमा कोभिड संक्रमितको संख्या हरेक दिन गुणात्मक दरमा बढ्दै गएको छ । उपलब्ध अस्पतालहरुले विरामीको उपचार धान्न सकेका छैनन् । त्यहाँका टेलिभिजनहरुले कोभिड संक्रमित विरामीहरु जसलाई बाँच्नका लागि अक्सिजनको सहायता जरुरी छ, उनीहरु अक्सिजन अभावमा छटपटाइरहेको दृश्यहरु सार्वजनिक गरिरहेका छन् । संक्रमण बढ्दै जाँदा चिकित्सकहरु समेत संक्रमित हुन थालेपछि स्थिती थप भयावह बन्दै गएको छ । यही क्रममा विश्व स्वास्थ्य संगठनले भारतलाई स्वास्थ्य सामाग्री सहायता दिन लागेको हो । भारतलाई चीनले पनि ठूलो परिणाममा स्वास्थ्य सामाग्री उपलब्ध गराइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष