NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

अक्सिजन सिलिन्डर आयातमा भन्सार छुट दिने मन्त्रिपरिषद्काे निर्णय

सरकारले अक्सिजन सिलिन्डर आयातमा लाग्ने भन्सार महसुल छुट दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अक्सिजन सिलिन्डरमा लाग्दै आएको भन्सार महसुल पूरै छुट दिने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताए । कोरोनाको दोस्रो लहर बढेसँगै अक्सिजन सिलिन्डरको माग बढेको छ । सोमबार नै नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले अक्सिजन सिलिन्डर आयातमा भन्सार छुट दिन माग गरेका थिए । अर्थमन्त्री पौडेललाई आगामी आर्थिक वर्षको बजेट तर्जुमाका लागि चेम्बरका तर्फबाट सुझाव पेस गर्ने क्रममा अक्सिजन सिलिन्डरको आयातमा भन्सार महसुल छुट दिन आग्रह गरिएको थियो । परिसंघले भने विज्ञप्ति जारी गरी सिलिन्डरमा भन्सार छुटको माग गरेको हो । नेपालमा पनि संक्रमितको संख्या बढ्दो छ, जसका कारण यहाँ अक्सिजन माग तीन गुणा बढेको उद्योगी बताउँछन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका– १७ परस्पुरमा रहेको एचओ अक्सिजन उद्योग त्रासकै कारण सर्वसाधारणले व्यक्तिगत रूपमा समेत मौज्दात गर्न लागेको उनीहरूको भनाइ छ । यद्यपि नेपालमा अक्सिजन अभाव छैन । समस्या सिलिन्डरमा मात्रै रहेको उद्योगीहरूले जनाएका छन् । कान्तिपुर दैनिकमा खबर छ।

ताजा अपडेट

नेपालवाच विशेष