NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

के यो लकडाउन तीन महिनासम्म जानसक्छ ?

काठमाडौँ । कोरोना संक्रमण नियन्त्रणका लागि कम्तिमा तीन महिना लकडाउन गर्ने सरकारले तयारी गरेको छ । सोमबारमात्रै एक सातामात्र लकडाउन गर्ने उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णयलाई मन्त्रिपरिषद्ले सच्याएर १५ दिन लकडाउन गर्ने निर्णय गरेको छ । कोभिड संक्रमण उच्चगतिमा बढिरहेकाले संक्रमणको ‘चेन’ ब्रेक गर्न लकडाउन बढाउनु पर्ने मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओलीको बिश्लेषण थियो । उनले कुनै हालतमा परिस्थिती नियन्त्रण बाहिर जानबाट रोक्नेगरी आ–आफ्नो जिम्मेवारी पुरा गर्न मन्त्रीहरुलाई निर्देशन समेत दिएका छन् ।प्रधानमन्त्रीलाई उधृत गर्दै एक मन्त्रीले नेपालवाचसँग भने, ‘संक्रमणको उच्चदरलाई नियन्त्रण गर्न सकिएन भने थेग्नै नसक्ने स्थिती आउने भयो, तीन महिनासम्म लकडाउनमा गएर पनि संक्रमणको दर रोक्नुपर्छ ।’ सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओली निराश मुद्रामा देखा परेको ती मन्त्रीले सुनाए । ‘प्रधानमन्त्री ज्यूलाई निराश मुद्रामा देखेँ, ती मन्त्रीले भने, लकडाउन नगर्दा कोभिड संक्रमणले भयावहस्थिती ल्याउने र निरन्तर लकडाउन गर्दा अर्थतन्त्रलाई थप नोक्सान हुनेतर्फ उहाँ चिन्तित देखिनुहुन्थ्यो ।’ सोमबार पनि प्रधानमन्त्रीकै प्रस्तावमा लकडाउनको समय १५ दिन पु¥याइएको हो । फेरी एकसातापछि समय थप्नुनै पर्छ । एकै पटक गरौँ भनेर प्रधानमन्त्रीकै प्रस्तावमा निर्णय गरिएको ती मन्त्रीले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक अधिकारीले पनि यो पटक तीन महिनासम्म मुलुक निरन्तर लकडाउनमा जानसक्ने बताए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पनि लकडाउनको समय लम्बिनसक्ने स्पष्ट पारेका छन् । उनले तीव्ररूपमा फैलिरहेको संक्रमणले हुन सक्ने क्षतिबाट बचाउन निषेधाज्ञाबाहेक अन्य उपाय नभएको स्पष्ट पारे। ‘हामीले कोरोना संक्रमणको जोखिम सकिएको छैन, मापदण्ड पालना गर्नू भनेको भनै गर्यौं तर अटेरी गर्ने धेरै भए। बाध्य भएर निषेधाज्ञा रोज्नुपर्यो’, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने। ‘हरेक व्यक्तिले जनस्वास्थ्य मापदण्ड पालना गरेको भए निषेधाज्ञा गर्नुपर्ने थिएन। सेल्फ लकडाउनमा बस्नू पनि भन्यौं, अटेरी नै भयो’, गौतमको भनाई छ । काठमाडौंमा जनघनत्व बढी भएको र संक्रमणको चक्र नरोकेमा भयावह रूप लिने स्थिति रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए। ‘निषेधाज्ञाले मानिसको जमघट नियन्त्रण गर्न खोजिएको हो। बिहे, भोज, सभासम्मेलनजस्ता जमघट हुने क्रम नरोकिएसम्म एक व्यक्तिबाट अर्कोमा कोरोना सर्ने क्रम तीव्र हुन्छ’, डा.पुनले भने।

ताजा अपडेट

नेपालवाच विशेष