उच्च अदालतले भन्याे- भारतमा कोरोनाको दोस्रो लहरका लागि निर्वाचन आयोग दोषी
भारत काेराेना भाइरसकाे महामारीकाे दाेस्राे लहरमा चपेटामा रहेका बेला त्यहाँकाे एउटा उच्च अदालतले त्यसकाे दाेष निर्वाचन आयाेगलाई समेत दिएकाे छ। मद्रास उच्च अदालतले ‘भारतमा काेराेनाको दोस्रो लहर भयावह हुनुमा चुनावी र्याली र यसको अनुमति प्रमुख कारण भएको’ ठहर गरेको हाे। मद्रासका मुख्य न्यायाधीश सञ्जीव बनर्जीले निर्वाचन आयोगका तर्फबाट बहसमा उपस्थित कानुन व्यवसायीलाई भनेका थिए, ‘कोरोनाकाे दोस्रो लहरका लागि मात्र निर्वाचन आयोग पनि जिम्मेवार छ।’ उनले निर्वाचन आयाेगकाे कडा आलाेचना गरेका थिए। उच्च अदालतले यसअघि चुनावी प्रचारका क्रममा मास्क, सेनिटाइनर र भाैतिक दूरी कायम गर्न भनेकाे थियाे। तर, ती नियम लागू नभएकाे अदालतकाे ठहर छ। भारतमा काेराेना महामारीकैबीच कयाैं राज्य र ग्राम पन्चायतमा चुनाव भइरहेकाे छ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया